Monday, June 28, 2010

कसरी जोगाउने कम्प्युटरलाई भाइरसबाट ?

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ । पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ । भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ । भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ । धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।

Friday, June 11, 2010

Daju उपेन्द्र पाण्डे ले पठाउनु भएको गजल

तिमले माया मार्यौ र पिँए
अन्तै बसाँई सर्यौ र पिँए ।।

मलाई छोडी जंघारमा एक्लै
उसैलाई खोली तार्यौ र पिँए ।।

नत घरको नघाटको भँए
बैसँको भेलले लघार्यौ र पिँए

अब भेट्ने बाटै नराखी
काडेँ तारले बार्यौ र पिँए ।।

मायाले तिमलाई फुलाउन देको
निसानी कोपिल झार्यौ र पिँए ।।


Name : Upendra Panday(sandip)
Address: Pokhara-08 kaski
Email Id : sandipdai20@yahoo.com

मित्र शनुजा थापा ले पठाउनु भएको गजल अथवा कबिता

अझै हारेको छैन

वर्षा सरि आशु झारे पनि यी नयनबाट
रगतको थोप्पा झारे छैन ,
समय र परिस्थितिले भत्काएपनि मेरो बाटो,
छितिज चुम्ने मेरो मनको चाहा अझै मारे छैन !
गिल्ला गर्ने र खिल्ली उडाउने धेरै छन्
तर मैले यो मन कतिपनि बिचलित पारे छैन,
समयले धकलेर पछाडी पारेपनि जिन्दागिको दौडानमा सोच्ने गरेको छु
म अझै पनि हारेको छैन ............बश....
अझै हारेको छैन ..........!!

बाँचुँ म

यो मुटुभित्र पाकेको घाउ कतिन्जेल साँचुँ म
तिमीबिनाको यो एक्लो जीवन कसरी बाँचुँ म
विछोडमा यो मन जलेन भनि कसलाई ढाँटुँ म
त्यो तिम्रो यादमा हरपल मर्दै कसरी बाँचुँ म
अलमल छ बाटो उदास छ यात्रा के गरी काँटुँ
म पिएर आँशु भूलेर तिमीलाई कसरी बाँचुँ
म देखेका सपना भोकेका सत्य कोसँग साँटुँ म
खुशीबिनाको यो पथ्थर जिन्दगी कसरी बाँचुँ म


मित्र गणेश थापा ले पठाउनु भएको गजल

एक्लो हुँदा मन बुझाउने साथ त्यही थियो
आँशु झर्दा पुछीदिने हात त्यही थियो

नौलो सपना बुनेको थिए दिन कट्नलाई
हिजो जिउने आधार एउटा बात् त्यही थियो

रक्सीलाई अंगालेर औंसी लिएर हिंडे
नसामा डुल्ने कालो रात त्यही थियो

तिम्रो मनमा उसलाई पाल्यौ मलाई लत्याएर
पन्छाएर फाल्ने तिम्रो लात त्यही थियो

न त जिउन सके यहाँ न त जान सके
मरेतुल्य बनाउने तिम्रो घात् त्यही थियो


"गणेश थापा"रेखान्जली"

मित्र प्रदिप पाण्डे ले पठाउनु भएको साएरी


Timi malai dai bhanchhau,,
Ma timilai bhai bhanchhu ,,
Aru ktaa lai byeee bhanee ,,
Kt harulai hi hello dear bhanchhu,,,



मित्र महेन्द्र कुमार बस्नेत ले पठाउनु भएको गजल

अर्काको सम्मान पाउँदा

अर्काको सम्मान पाउँदा उनले
आफ्नै घरपरिवारलाई तोडेपछि।

आफन्तलाई पराईको संज्ञा दिंदै
उनले पाईला अन्तैतिर मोडेपछि।

घरको बगैंचा जंगल सम्झीएर
पराईको घाँसे चौर गोडेपछि।

ममताको माया फितलो सम्झी
अरुको क्षणिक माया ओढेपछि।

भुल्नु पर्दोरैछ यहाँ मृतरुपी लाई
उनले हाम्लाई वास्तागर्नै छोडेपछि।

Name :- Mahendra kumar Basnet
Address :- Isma rajasthal -4 Dobata Gulmi
Now : - Abu Dhabi UAE
E-mail :- Stream_dream.basnet@yahoo.com Mahendrakumar.basnet@gmail.com
mahendrakumar37@hotmail.com

तपाईं को पनि यस्तै केही छ भने मेरो याहू मा मेल गर्नु होला ।

हास्नु स्वस्थ्य को लागि राम्रो हो भन्ने थाहा हुँदा हुँदै किन हास्न पछि पर्ने यहाँ क्लिक गरिहाल्नुस् त !

मिनीस्कर्ट


प्रेमी : हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ?

प्रेमीका : अहँ! गर्नु हुन्न तर ममिले चाँहि गाली गर्नु हुन्छ ।

प्रेमी : अनि ममिले चाँही किन त्यसरि गाली गरेको नि ?

प्रेमीका : ममिलाई आफ्नो लुगा अरुले लगाको मन पर्दैनु त्यसैले।


Nepali हँसाउने खुराक - VidoEmo - Emotional Video Unity

Avimanyu Bikram Panday hasnus hasaunus ani ramaunus

Tuesday, June 8, 2010

सुन्दा अचम्म तर कुरा सबै सत्य


@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।
Avimanyu bikram panday
lucky_kanchap@yahoo.com