Friday, June 11, 2010

Daju उपेन्द्र पाण्डे ले पठाउनु भएको गजल

तिमले माया मार्यौ र पिँए
अन्तै बसाँई सर्यौ र पिँए ।।

मलाई छोडी जंघारमा एक्लै
उसैलाई खोली तार्यौ र पिँए ।।

नत घरको नघाटको भँए
बैसँको भेलले लघार्यौ र पिँए

अब भेट्ने बाटै नराखी
काडेँ तारले बार्यौ र पिँए ।।

मायाले तिमलाई फुलाउन देको
निसानी कोपिल झार्यौ र पिँए ।।


Name : Upendra Panday(sandip)
Address: Pokhara-08 kaski
Email Id : sandipdai20@yahoo.com

मित्र शनुजा थापा ले पठाउनु भएको गजल अथवा कबिता

अझै हारेको छैन

वर्षा सरि आशु झारे पनि यी नयनबाट
रगतको थोप्पा झारे छैन ,
समय र परिस्थितिले भत्काएपनि मेरो बाटो,
छितिज चुम्ने मेरो मनको चाहा अझै मारे छैन !
गिल्ला गर्ने र खिल्ली उडाउने धेरै छन्
तर मैले यो मन कतिपनि बिचलित पारे छैन,
समयले धकलेर पछाडी पारेपनि जिन्दागिको दौडानमा सोच्ने गरेको छु
म अझै पनि हारेको छैन ............बश....
अझै हारेको छैन ..........!!

बाँचुँ म

यो मुटुभित्र पाकेको घाउ कतिन्जेल साँचुँ म
तिमीबिनाको यो एक्लो जीवन कसरी बाँचुँ म
विछोडमा यो मन जलेन भनि कसलाई ढाँटुँ म
त्यो तिम्रो यादमा हरपल मर्दै कसरी बाँचुँ म
अलमल छ बाटो उदास छ यात्रा के गरी काँटुँ
म पिएर आँशु भूलेर तिमीलाई कसरी बाँचुँ
म देखेका सपना भोकेका सत्य कोसँग साँटुँ म
खुशीबिनाको यो पथ्थर जिन्दगी कसरी बाँचुँ म


मित्र गणेश थापा ले पठाउनु भएको गजल

एक्लो हुँदा मन बुझाउने साथ त्यही थियो
आँशु झर्दा पुछीदिने हात त्यही थियो

नौलो सपना बुनेको थिए दिन कट्नलाई
हिजो जिउने आधार एउटा बात् त्यही थियो

रक्सीलाई अंगालेर औंसी लिएर हिंडे
नसामा डुल्ने कालो रात त्यही थियो

तिम्रो मनमा उसलाई पाल्यौ मलाई लत्याएर
पन्छाएर फाल्ने तिम्रो लात त्यही थियो

न त जिउन सके यहाँ न त जान सके
मरेतुल्य बनाउने तिम्रो घात् त्यही थियो


"गणेश थापा"रेखान्जली"

मित्र प्रदिप पाण्डे ले पठाउनु भएको साएरी


Timi malai dai bhanchhau,,
Ma timilai bhai bhanchhu ,,
Aru ktaa lai byeee bhanee ,,
Kt harulai hi hello dear bhanchhu,,,



मित्र महेन्द्र कुमार बस्नेत ले पठाउनु भएको गजल

अर्काको सम्मान पाउँदा

अर्काको सम्मान पाउँदा उनले
आफ्नै घरपरिवारलाई तोडेपछि।

आफन्तलाई पराईको संज्ञा दिंदै
उनले पाईला अन्तैतिर मोडेपछि।

घरको बगैंचा जंगल सम्झीएर
पराईको घाँसे चौर गोडेपछि।

ममताको माया फितलो सम्झी
अरुको क्षणिक माया ओढेपछि।

भुल्नु पर्दोरैछ यहाँ मृतरुपी लाई
उनले हाम्लाई वास्तागर्नै छोडेपछि।

Name :- Mahendra kumar Basnet
Address :- Isma rajasthal -4 Dobata Gulmi
Now : - Abu Dhabi UAE
E-mail :- Stream_dream.basnet@yahoo.com Mahendrakumar.basnet@gmail.com
mahendrakumar37@hotmail.com

तपाईं को पनि यस्तै केही छ भने मेरो याहू मा मेल गर्नु होला ।

No comments: